About
यो पाठ्यक्रमले तन्त्र शास्त्रमा अभिरुचि राख्ने, विषय प्रवेश गर्न चाहने एवम् सर्वाम्नाय र विमर्श कुलमा सामेल हुन चाहनेहरुलाई यस विषयमा कुरा बुझ्न मद्दत गर्छ | आचार्यजीले साधकहरूद्वारा उठाइएका र उठाउन सक्ने सामान्य प्रश्नहरूलाई प्रश्नोत्तर शैलीमा सरल र सहज भाषामा उत्तर दिनुभएको छ| उदाहरणका लागि "सर्वाम्नाय तन्त्र के हो ? "" तान्त्रिक साधना के हो?" "तिनका क्रम र प्रक्रिया के हुन् ? तान्त्रिक दर्शन के हो ? "तान्त्रिक साधना रवेदान्तसँग के कसरी मिल्दोजुल्दो छ "? आदि | यस्तै उहाँले गुरु परम्परा, मन्त्र दीक्षा, शक्तिपात, र मन्त्र जपको महत्त्वका बारेमा पनि प्रकाश पार्नु भएको छ | तन्त्र साधना ,जप, भक्ति, पूजा, उपासना, ज्ञान, ध्यान आदिको माध्यमबाट सत्यको खोजी गर्नु हो। यो दर्शनको मूल हो बयान्नब्बे आगमहरुको समागम हो |यो पाठ्यक्रम विशेष गरी प्रारम्भिक रूपमा तान्त्रिक साधनाबारे जिज्ञासा राख्ने र विषय प्रवेश गर्न चाहनेहरुका लागि हो | तन्त्र भन्ने विषय सुनेका तर जादुटुना मात्र ठान्नेहरुका लागि यो कक्षा तान्त्रिक साधनाको ज्ञान मजबुत गर्ने एक प्रारम्भिक पाठ्यक्रम अनि आधारशीला हो। प्रथमखण्डमा यसमा समाविष्ट विषयमा "म को हूँ? " "हामी किन जन्मिन्छौं? "हाम्रो जन्मको सिद्धान्त के हो? ""साधना के हो र यसको के महत्त्व छ? " "चैतन्य, चेतना के हो? " "पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने? "धर्मको विकास कसरी भयो? " "तन्त्र साधना कसले गर्ने?""कसरी गर्ने? कसले नगर्ने? "ध्यान कसरी गर्ने? " " ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने? " साधना गर्न किन आवश्यक छ? जस्ता आँखा उघारिदिने विषयमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा टीकाराम यात्री,जीवराम भण्डारी एवम् सुशान्त प्रधानसितको कुराकानी अत्यन्त रोचक र उपलब्धि मूलक छन् | प्रवचन • म को हूँ? • हामी किन जन्मिन्छौं? हाम्रो जन्मको सिद्धान्त के हो? • साधना के हो र यसको के महत्त्व छ? • चैतन्य, चेतना के हो? चेतना भनेको के हो? • पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने? • धर्मको विकास कसरी भयो? • तन्त्र साधना कसले गर्ने, कसरी गर्ने? कसले नगर्ने? ध्यान कसरी गर्ने? • ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने? • साधना गर्न किन आवश्यक छ? सम्वाद • टीकाराम यात्री • जीवराम भण्डारी • सुशान्त प्रधान
You can also join this program via the mobile app. Go to the app